नबिल बैंक ४१औँ वर्षमा

शनिबार, २९ असार, २०८१
डिजिटल संस्करण

मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैंकिङको भूमिका भन्ने विषयमा छलफल गरिएको थियो ।

काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर, इसिमोडका प्रबन्ध निर्देशक डा. पेमा ग्याम्त्सो, डब्लुडब्लुएफ नेपालका प्रतिनिधि डा. घनश्याम गुरुङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ह्याबिट्याट फर ह्युमानिटी इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापितलगायतको उपस्थिति थियो । 

सुझावित समाचार