गण्डकी प्रदेशका तीन स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारीअनुसार कास्कीमा पर्ने बागलुङ–पोखरा सडकखण्डको अन्नपूर्ण– ५ सीतागुफास्थित पहिरोले सडक पूर्ण रूपमा अवरोध गरेको छ । अहिले प्रहरीको टोलीले सडक सञ्चालनको प्रयास गरिरहेको छ ।
त्यस्त, रघुगंगास्थित बेनी–जोमसोम सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दीको बेनी– ४ स्थित बेनी–दरबार सडकखण्डअन्तर्गत घुमाउने भिरमा पहिराेले सडक पूर्ण रूपमा अवरुद्ध गरेको छ । सबै ठाउँमा प्रहरीको टोली खटिई खुलाउने प्रयास जारी रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।