सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का–फुकुवा गर्ने सम्झौता भएको छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुयोग श्रेष्ठ र विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरे । यो सम्झौताले मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तरिकाले सेवा उपभोग गर्न पाउने विभागका महानिर्देशक सापकोटाको भनाइ छ ।
त्यस्तै, बैंकका सिइओ श्रेष्ठले अनलाइनमार्फत काम गर्दा सहज हुने, किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षित राख्न सकिने तथा सेवाग्राहीलाई पनि अनावश्यक झन्झट नहुने बताए ।