बिवाइडीका गाडीको मूल्य समायोजन

मंगलबार, २६ असार, २०८१
डिजिटल संस्करण

बिवाइडीका विभिन्न मोडेलका गाडीको मूल्य हेरफेर भएको छ । सरकारले आव ०८१/८२ का लागि बजेटमार्फत नीतिगत दरमा परिवर्तन गरेकाले हेरफेर गरिएको बिवाइडी इभीको आधिकारिक विक्रेता साइमेक्स इंकले जनाएको छ । 

परिवर्तित मूल्यअनुसार बिवाइडी एटो–३ एड्भान्सको ९१ हजारले बढेर ५६ लाख ९० हजार, एटो–थ्री सुपेरियरको एक लाख ९२ हजारले बढेर ६७ लाख ८० हजार र डल्फिनको एक लाख ३५ हजारले बढेर ४१ लाख १५ हजार रुपैयाँ कायम भएको छ । 

त्यस्तै, बिवाइडी सिल डाइनामिकको नयाँ मूल्य एक करोड १० लाख रुपैयाँ पुगेको छ, जुन यसअघि एक करोड पाँच लाखमा उपलब्ध थियो । त्यसैगरी, सिल प्रिमियको ६ लाख ५० हजार बढाएर एक करोड ४५ लाख र सिल पर्फमेन्सको १० लाख बढाएर एक करोड ९५ लाख रुपैयाँ निर्धारण गरिएको साइमेक्स इंकले जनाएको छ । 

सुझावित समाचार