बाढीपहिराेले हालसम्म ७० जनाको मृत्यु, पाँच बेपत्ता

सोमबार, २५ असार, २०८१
डिजिटल संस्करण
बाढीपहिराेले हालसम्म ७० जनाको मृत्यु, पाँच बेपत्ता

लगातारको वर्षाका कारण डुबानमा परेको कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित एक घर । तस्बिर : शेरबहादुर सिंह/रासस

अविरल वर्षाका कारण आएको बाढीपहिराेलगायत विपतमा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि सोमबार बिहानसम्म बाढीपहिराेमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँचजना बेपत्ता भएकाे जानकारी दिए।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उक्त अवधिमा बाढीपहिराेका नौ सय ६६ घटना घटेका छन्। त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायाको मृत्यु भएको छ।

उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिराेमा परिचालन गरिएको र रु. नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्यबराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सुझावित समाचार