नारायणी नदीमा बगाई ल्याएको दाउरा टिप्ने क्रममा नारायणी नदीले बगाएर एकजना बेपत्ता भएका छन्।
आज साँझ पौने ५ बजेतिर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सकरदिनई बस्ने राम केवल चमारका छोरा ३३ वर्षीय अर्जुन चमार नारायणी नदीमा बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार नारायणी नदीमा दाउरा टिप्ने क्रममा उनी अचानक नारायणी नदीमा बेपत्ता भएका हुन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
नारायणी नदीमा बाढी आएसँगै आएका काठदाउरा निकाल्न नवलपरासीको त्रिवेणी आसपासका क्षेत्रमा स्थानीयहरूको व्यापक घुइँचो लाग्ने गर्दछ।