बागमतीकाे डुबानमा टेकु क्षेत्र

शनिबार, २३ असार, २०८१
डिजिटल संस्करण

लगातारको वर्षापछि बागमती नदीमा पानीको स्तर बढेको छ। युएन पार्क, थापाथलीस्थित सुकुमवासी बस्ती क्षेत्रआसपासमा नदीको पानी सडकसम्मै आएको छ। 

गएरातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा जलसतह बढ्दो क्रममा छ। अधिकांश ठाउँमा खोलाको बाढी पसेर सडकसमेत डुबानमा परेको छ। 

लगातारको वर्षाले नदी र खोलाहरूमा जलसतह बढिरहेको छ। जलसतह बढिरहेको र उच्च जोखिम रहेकाले नदी तथा खोला छेउमा नजान प्रहरीले आग्रह गरेको छ।

सुझावित समाचार