आदिल अन्सारीको निलम्बन फुकुवा गर्ने क्यानको तयारी

शुक्रबार, २१ असार, २०८१
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर आदिल अन्सारीकाे निलम्बन फुकुवा गर्ने तयारी गरेको छ। गत बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आदिलको निलम्बन फुकुवा प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।

निलम्बन फुकुवाका लागि अनुशासन समितिलाई एक हप्ताभित्र आवश्यक निर्णय गर्ने जिम्मेवारी दिइएको क्यानका सचिव पारस खड्काले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

‘म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रक्रिया सम्बन्धमा संघको अनुशासन समितिलाई एक हप्ताभित्र आवश्यक निर्णय गर्न जिम्मेवारी दिने निर्णय गरियो,’ क्यानका सचिव खड्काले जारी गरेको विज्ञप्तिमा भानिएको छ।

सुझावित समाचार