गाजाका मेडिकल विद्यार्थीले मानवीय आधारमा पाकिस्तानमा शिक्षा पूरा गर्ने

शुक्रबार, २१ असार, २०८१
डिजिटल संस्करण
गाजाका मेडिकल विद्यार्थीले मानवीय आधारमा पाकिस्तानमा शिक्षा पूरा गर्ने

तस्बिर : गाजास्थित अल सिफा हस्पिटल/राेयटर्स

पाकिस्तानले गाजापट्टीका मेडिकल विद्यार्थीहरूलाई मानवीय आधारमा मेडिकल शिक्षा पूरा गर्न अनुमति दिने निर्णय गरेको छ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक दारको निर्देशनमा यो निर्णय गरिएको पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जहरा बलुचले साप्ताहिक मिडिया ब्रिफिङमा उल्लेख गरेकी हुन्।

गाजाका प्यालेस्टिनी विद्यार्थीहरू २०–३० को ब्याचमा चाँडै पाकिस्तानको मेडिकल कलेजहरूमा भर्ना हुने उनले बताइन्।

प्रवक्ताका अनुसार यसले गाजाका विद्यार्थीको अधिकार तथा गाजाको स्वास्थ्य प्रणालीका महत्त्वपूर्ण आवश्यकता सम्बोधन गरी विद्यार्थीलाई कार्डियोलोजी, अर्थोपेडिक्स, ओन्कोलोजी, पेडियाट्रिक्स र शल्यक्रियाको क्षेत्रमा मेडिकल शिक्षा पूरा गर्न सक्षम बनाउनेछ।

सुझावित समाचार