सन् २०२३ मा भएका ६ हजार दुई सय ५५ वटा आर्थिक कारोबार तथा गतिविधिमा शंकास्पद देखिएको छ । सोमबार नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले प्रकाशन गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययन प्रतिवेदनमा ४० अर्बभन्दा बढीको शंकास्पद कारोबार भएको आशंका गरिएको छ । बैंक तथा वित्तीय संस्था, रेमिट कम्पनी, स्टक ब्रोकर, बिमा कम्पनीलगायतका संस्थाहरूमा यस्तो कारोबार भएको अध्ययनले देखाएको छ । यस्तो गतिविधि उक्त संस्थारूले गरेको शंकास्पद कारोबार होइन । उक्त संस्थाहरूमा भएका ग्राहकको खाताबाट हुने कारोबारमा यस्तो आशंका गरिएको हो ।
वित्तीय कारोबार तथा गतिविधि गर्ने कम्पनीहरूले आफ्नो संस्थामा भएको कुनै पनि कारोबार शंकास्पद लागेमा इकाइमा जानकारी गराउनुपर्छ । त्यसपछि इकाइले नै यसबारे अनुसन्धान गरेर थप कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने गर्छ ।
०२३ मा आशंका गरिएको शंकास्पद कारोबार ०२२ को तुलनामा ५७.२ प्रतिशतले बढी पनि हो । ०२२ मा तीन हजार नौ सय ७९ वटा शंकास्पद कारोबार भएको भन्दै इकाइमा जानकारी आएको थियो । यसअघि ०२० मा एक हजार एक सय तीन र ०२१ मा एक हजार आठ सय ५४ वटा कारोबार शंकास्पद भएको भन्दै इकाइमा जानकारी आएको थियो ।
यस्तो बढ्दो तथ्यांकले नेपालमा शंकास्पद कारोबार पनि बढ्दै गएको संकेत गरेको छ । साथै, बैंक तथा वित्तीय संस्थालगायत कम्पनीहरूको शंकास्पद कारोबार पहिचान गर्ने क्षमता पनि बढेको संकेत गर्ने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
सन् २००८ देखि राष्ट्र बैंकमा वित्तीय जानकारी इकाइ कार्यान्वयनमा आए पनि त्यसभन्दा पहिला पनि नेपालमा शंकास्पद कारोबार हुने गरेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । तर, त्यसको पहिचान गर्ने र कानुनी कारबाहीका लागि जानकारी गराउन सक्ने अवस्था थिए ।
साथै, इकाइ स्थापना भए पनि लामो समयसम्म आवश्यक पूर्वाधार बनेका थिएनन् । त्यसले गर्दा बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, स्टक ब्रोकरलगायत संस्थाहरू शंकास्पद कारोबारको पहिचान गरेर इकाइमा जानकारी दिन सक्ने अवस्थामा भएनन् । तर, अहिले उनीहरूमा त्यस्तो कारोबारको पहिचान गरी जानकारी दिन सक्ने क्षमता विकास भएको राष्ट्र बैंकको भनाइ छ । ‘यद्यपि, शंकास्पद कारोबार बढेको हुन सक्छ । यो तथ्यांकले त्यो संकेत पनि गर्छ । तर, पहिला बैंकहरूले यस्तो जानकारी दिने अवस्था दिएन । अहिले भने वित्तीय कारोबार गराउने कम्पनीहरू शंकास्पद कारोबार भएको आशंका गर्न सक्ने भएर हामीलाई जानकारी दिने अवस्थामा पुगेका छन् । यो दृष्टिकोणबाट पनि यसलाई हेर्नुपर्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘सोहीअनुसार यसलाई नियन्त्रण गर्ने योजना बनाउन, आवश्यक नीति तथा कार्यक्रम ल्याउन सहयोग पुग्छ । तर, यस्तो कारोबार नियन्त्रण गर्नुपर्छ र घट्दै जानुपर्छ भन्नेमा हामी सकारात्मक छौँ ।’ यस्ता तथ्यांक तथा जानकारीले शंकास्पद कारोबार नियन्त्रण गर्न सहयोग पुग्ने उनले बताए ।
यसरी बैंकलगायत संस्थाबाट प्राप्त जानकारीका आधारमा इकाइले अशंका गरिएको कारोबारको विश्लेषण गर्छ । त्यस क्रममा कारोबार शंकास्पद पुष्टि भएमा कानुनी कारबाही अगाडि बढाउन सम्बन्धित निकायमा पठाइनेछ । राजस्व छलीसम्बन्धी कारोबार भएमा राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरणसम्बन्धी भएमा सम्पत्ति शुद्धीकरण निवारण विभागलाई मुद्दा चलाउन सिफारिस गरिन्छ । यसैगरी कारोबारको प्रकृतिअनुसार नेपाल प्रहरीलगायत निकायमा पनि यस्तो मुद्दा पठाइनेछ । त्यसपछि सोही निकायहरूले यसमा आवश्यक कारबाही अघि बढाउनेछन् । प्राप्त जानकारीमध्ये इकाइले समीक्षा अवधिमा १४ सय ५० वटाको विश्लेषण गरेको छ । त्यसमा ६ सय २० वटा कारोबारमा मुद्दा चलाउनुपर्ने देखिएको र सोहीअनुसार त्यस्ता कारोबारको विवरणसम्बन्धी निकायमा पठाइसकिएको प्रतिवेदनमा उल्लेख छ । अन्य आठ सय ३० वटा कारोबारलाई भने स्थगित अवस्थामा राखिएको छ ।
समीक्षा वर्षमा वाणिज्य बैंकहरूले मात्रै पाँच हजार दुई सय ८२ वटा कारोबार शंकास्पद भएको आशंका गर्दै इकाइमा जानकारी दिएका छन् । यसैगरी विकास बैंकले तीन सय ३०, वालेट कम्पनीले दुई सय ११, रेमिट्यान्स कम्पनीले एक सय ५६ र वित्त कम्पनीले ९९ वटा कारोबार शंकास्पद देखिएको आशंका गर्दै इकाइमा जानकारी दिएका छन् । यसका अलावा स्टक ब्रोकरले ६२, भुक्तानी प्रणाली सञ्चालकले ४९, जीवन बिमा कम्पनीले २६, लघुवित्तले २४, राष्ट्र बैंकले नै ११, निर्जीवन बिमा कम्पनीले दुई, शकाहारीले दुई र मर्चेन्ट बैंकरले एउटा शंकास्पद कारोबार भएको जानकारी गराएका छन् ।
सम्पत्ति शुद्धीकरणका लागि गरिने शंकास्पद कारोबार धेरै
वर्ष ०२३ मा ४० अर्ब रुपैयाँबराबरको शंकास्पद कारोबार भएको आशंका गरिएको छ । त्यसमा वाणिज्य बैंकहरूमा मात्रै ३८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँबराबरको यस्तो कारोबार भएको आशंका गरिएको छ । यसैगरी विकास बैंकहरूमा ४७ करोड २२ लाख रुपैयाँ, स्टक ब्रोकरहरूमा ४२ करोड ९६ लाख रुपैयाँ, वित्त कम्पनीहरूमा २६ करोड ५१ लाख रुपैयाँ र रेमिट्यान्स कम्पनीहरूमा ११ करोड १३ लाख रुपैयाँबराबरको यस्तो कारोबार भएको आशंका गरिएको छ ।
यसैैगरी, जीवन बिमा कम्पनीहरूमा तीन करोड ६१ लाख रुपैयाँ, भुक्तानी सेवाप्रदायक र प्रणाली सञ्चालकमा एक करोड १५ लाख रुपैयाँ, सहकारीमा ४८ लाख रुपैयाँ, मर्चेन्ट बैंकरमा ४१ लाख र लघुवित्तमा २२ लाख रुपैयाँबराबरको शंकास्पद भएको आशंका गर्दै इकाइमा जानकारी आएको छ ।
सम्पत्ति शुद्धीकरण गर्न गरिने कारोबार धेरै, दोस्रोमा कर छली
आशंका गरिएको शंकास्पद कारोबार तथा गतिविधिमा सम्पत्ति शुद्धीकरणका लागि गरिने गतिविधि धेरै देखिएका छन् । समीक्षा अवधिमा सम्पत्ति शुद्धीकरणका लागि तीन हजार एक सय ९९ वटा कारोबार भएको आशंका गरिएको छ । दोस्रोमा भने कर छली भएको आशंका गरिएको छ । समीक्षा अवधिमा कर छली गर्न एक हजार आठ सय ६८ वटा कारोबार भएको आशंका गर्दै इकाइमा जानकारी आएको देखिन्छ । तेस्रोमा भने मुद्रा, बैंकिङ, विदेशी मुद्रा सटहीजस्ता कारोबार छन् । यसअन्तर्गत एक हजार ४० वटा कारोबार शंकास्पद भएको भन्दै इकाइमा जानकारी आएको छ ।
यस्तै, ठगीका लागि पाँच सय ६५, क्यासिनो तथा गेमिङका लागि चार सय पाँच, कम्पनी तथा एसोसिएसनका लागि दुई सय ८८, शिक्षा, स्वास्थ्य तथा वैदेशिक रोजगारका लागि ७०, भ्रष्टाचारका लागि ४७, जालसाजीका लागि २६, घरजग्गा कारोबारका लागि २०, नागरिकता, अध्यागमन तथा पासपोर्टका लागि १८, मानव बेचबेखिनका लागि १४, तस्करका लागि १४, इन्साइडर ट्रेडिङका लागि १३ र नक्कली मुद्राका लागि ११ वटा शंकास्पद कारोबार भएको आशंका गरिएको छ ।

राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्य भन्छन्– यो बैंक तथा वित्तीय संस्थालगायतका आर्थिक कारोबार गर्ने संस्थाबाट आएको शंस्कापद कारोबारको विवरण हो । प्राप्त सूचनामाथि इकाइले प्रारम्भिक अध्ययन–अनुसन्धान गर्छ । साँच्चीकै शंकास्पद कारोबार भएको देखिएमा थप कारबाही अघि बढाउन कारोबारको प्रकृति र प्रयोजनअनुसार केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति शुद्धीकरण विभाग, नेपाल प्रहरीलगायत निकायमा सिफारिस गर्छौँ । त्यसपछि सोही निकायहरूले यसको कारबाही अघि बढाउँछन् । समग्रमा इकाइमा आएका सबै जानकारीमा अनुसन्धान हुन्छ ।