शान्ति प्रक्रियाको बाँकी काम तत्काल अघि बढाउन सांसद ढकालको माग

शुक्रबार, १४ असार, २०८१
डिजिटल संस्करण

नेकपा एमालेका सांसद एकनाथ ढकालले शान्ति प्रक्रियाको बाँकी काम तत्काल अगाडि बढाउन माग गरेका छन्।

परिवार दलका अध्यक्षसमेत रहेका सांसद ढकालले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भएको १८ वर्ष पुगेकाले अब ढिला नगर्न माग गरे।

नयाँ सत्तासमीकरणमा रहेका पाँच दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा टिआरसी विधेयक तत्काल अगाडि बढाउने प्रतिबद्धता गरेको र सोहीअनुरूप प्रधानमन्त्रीले संक्रमणकालीन न्यायको काम अगाडि बढाउन प्रयास थालेको भन्दै सांसद ढकालले स्वागत पनि गरे।

‘संक्रमणकालीन न्यायको कामलाई अगाडि बढाएर शान्ति प्रक्रिया सफल भयो भने देशका सबै दल सफल हुनेछन्,’ उनले भने, ‘तलमाथि हुँदा देशले ठूलो मूल्य चुकाउनुपर्ने भएकाले नेपालको शान्ति प्रक्रियाको काम तुरुन्त अगाडि बढाइयोस्। सर्वोच्च अदालतको आदेश, पीडितको न्यायलाई केन्द्रमा राखेर, अन्तर्राष्ट्रिय मान्यताअनुरूप शान्ति प्रक्रिया सम्पन्न गरियोस्।’

सुझावित समाचार