कावासोतीमा चट्याङ लागेर एक महिला घाइते

बुधबार, १२ असार, २०८१
डिजिटल संस्करण

नवलपुरको कावासोतीमा चट्याङ लागेर एकजना महिला घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बुधबार दिउँसो कावासोती– १४ अग्यौलीनिवासी बुद्धिराम महतोको खेतमा धान रोप्ने क्रममा कावासोती– १४ निवासी ४६ वर्षीया महिला दिलकुमारी थरुनी चट्याङ लागेर घाइते भएकी हुन् ।

उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।

See More On

सुझावित समाचार