चीनका उपविदेशमन्त्री सुन बेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उपविदेशमन्त्री सुनलाई परराष्ट्र मन्त्रालयअन्तर्गतको उत्तर–पूर्वएसिया हेर्ने महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले स्वागत गरे।
भोलि काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सुन सहभागी हुनेछन्।
परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्रसचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाली प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी पनि रहनेछन्।
बुधबार चीन फर्कनुअघि चिनियाँ उपविदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने तालिका छ।