ग्लोबल आइएमईका ग्राहकलाई आरुष हस्पिटलमा छुट

सोमबार, ११ असार, २०८१
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच समझदारी भएको छ । बैंकका प्रयोगकर्तालाई आरुष हस्पिटलका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

समझदारीपत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिलीप पोखरेल र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरे । 

बैंकका डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले हस्पिटलका सेवामा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख छ । 

साथै, ग्राहकले हस्पिटलको कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्युरोड पोखरा र बर्गाछी विराटनगरस्थित शाखा कार्यालयबाट पनि उपलब्ध हुने सेवामा उल्लिखित छुट पाउनेछन् । 

सुझावित समाचार