पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड एकतर्फी खुल्यो

आइतबार, ९ असार, २०८१
डिजिटल संस्करण

लगातारको वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएको डुम्रे–बेँसीसहर सडकखण्ड एकतर्फी सञ्चालन भएको छ। बेँसीसहर नगरपालिका– १ उदीपुर दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहान ६ बजेदेखि सडक अवरुद्ध भएको  थियो । 

सडक खुलाउन बिहानैदेखि  सुरक्षाकर्मीको टोली परिचालन भए पनि  निरन्तर पानी परिरहेकाले सडक खुलाउन ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चापागाईंले बताए  ।  

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका थिए  । सडक एकतर्फी खुलेसगै बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु आफ्नो गन्तव्यतर्फ लागेका छन् । डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ ।

सुझावित समाचार