कुमारी बैंक र पशुपति रिक्रिएसनबीच सम्झौता

शुक्रबार, ७ असार, २०८१
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेड र पशुपति रिक्रिएसन प्रालि (उप्स)बीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाइन, क्लाइम्बिङलगायत इन्डोर र आउटडोर खेल खेल्न कुमारी बैंकको डेबिट–क्रेडिट कार्डद्वारा रिचार्ज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सक्नेछन् । 

यस सुविधाबाट ग्राहकले सहज र गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन लिई सन्तुष्टि बढाउन मद्दत पुग्नेमा बैंक विश्वस्त रहेको छ ।

सुझावित समाचार