सांग्रिलाले दियो विद्यार्थीलाई शैक्षिक सामग्री

शुक्रबार, ८ असार, २०८१
डिजिटल संस्करण

सांग्रिला डेभलपमेन्ट बैंकले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले त्रियुगा नगरपालिका–७, चुहाडेस्थित श्री जनज्योति माध्यमिक विद्यालय चुहाडेका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको हो ।

बैंकले वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रमअन्तर्गत उक्त विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीलाई सय थान स्कुल ब्याग ४, ५, ९ र १० का विद्यार्थीलाई सय थान कापी तथा कलम वितरण गरेको हो । 

शैक्षिक सामग्री वितरण कार्यक्रममा बैंकका लघुवित्त विभागीय प्रमुख कर्णबहादुर कार्की तथा इटहरी क्लस्टर प्रमुख उमेश खड्का र जनज्योति माध्यमिक विद्यालय चुहाडेका अध्यक्ष उद्घव काफ्ले र प्रधानाध्यापक धर्मानन्द खतिवडाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमले विद्यार्थीलाई सहजता ल्याउने कुरामा बैंक विश्वस्त रहेको छ । 

सुझावित समाचार