उत्कृष्टताका आधारमा ग्लोबल आइएमईलाई विभिन्न अवार्ड

शुक्रबार, ८ असार, २०८१
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंकले विभिन्न अवार्ड जितेको छ । बैंकले उत्कृष्टताका आधारमा अवार्ड जितेको हो । यसैक्रममा ग्लोबल फाइनान्स म्यागजिनले एसिया प्यासिफिकअन्तर्गत बैंकलाई ‘बेस्ट बैंक अवार्ड–२०२४’ प्रदान गरिसकेको छ । ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंकसमेत हो । म्यागजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंक छनोट गरी सम्मानित गरेको हो । 

त्यसैगरी, बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स बेस्ट बैंक नेपाल २०२२’ पनि प्राप्त गरेको छ । सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको थियो । साथै, लन्डनबाट प्रकाशित हुने इन्टरनेसनल फाइनान्स म्यागजिनद्वारा ‘बेस्ट इन्टरनेट बैंक २०१६– नेपाल’ अवार्ड पनि पाइसकेको छ । 

यता, रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई ‘ए’ रेटिङ दिएको छ भने आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा बढी तीन अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको भन्दै आन्तरिक राजस्व कार्यालयले बैंकलाई सम्मान गरेको थियो । बैंकले आफ्नो व्यवसाय विस्तार गर्दा पनि नेपाली माटोको आवश्यकतालाई आत्मसात् गरी विभिन्न सेवा–सुविधा सार्वजनिक गर्दै आइरहेको छ । साथै, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस बैंकलाई विश्वको उत्कृष्ट एक हजार बैंकमा समावेश गर्ने लक्ष्य राखेको बताए । 

सुझावित समाचार