सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गरेको छ । बैंकले आफ्नो १९१औँ र १९२औँ शाखा धादिङको गजुरी र धार्केमा सञ्चालनमा ल्याएको हो । यससँगै बागमती प्रदेशमा सञ्चालनमा रहेका शाखा ५४ पुगेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । यी शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
नयाँ शाखा सञ्चालनको अवसरमा यी शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवा पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिनेछ । साथै, डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षका लागि छुटको व्यवस्था रहेको छ ।
त्यस्तै, गजुरीमा नयाँ शाखाको शुभारम्भकै दिन बैंकले गजुरी १, आधामारा धादिङमा अवस्थित श्री पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर सेट र प्रिन्टर उपलब्ध गराएको छ । आगामी दिनमा सुशासनलाई ध्यानमा राख्दै अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बैंकले जनाएको छ ।