समाजवादी बाँकेबाट चुनिए १९ महाधिवेशन प्रतिनिधि

बिहिबार, ७ असार, २०८१
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादी बाँकेले सर्वसम्मत  रूपमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ। समाजवादीको दशौँ महाधिवेशनका लागि बुधबार देशैभरिबाट प्रतिनिधि चुनिएका छन् ।

यसैक्रममा बाँकेका तीनैवटा क्षेत्रबाट प्रतिनिधि चुनिएका हुन्। नेकपा एकीकृत समाजवादी बाँकेका सचिव दीपक जिएमका अनुसार  क्षेत्र नं. १ बाट रामकृष्ण बी, प्रेमकुमारी शाही, मञ्जु कोइराला, भगवती अधिकारी, दीपक शाही, शिव डाँगी, दीपक शाहीसहित आठजना, क्षेत्र नं. २ बाट डम्बर थापामगर, लक्ष्मणप्रसाद गौतम, बद्रीबहादुर यादव, नीलम ज्ञवालीसहित चारजना र क्षेत्र नं. ३ बाट इन्द्रबहादुर थापा, दीपक जिएम, कर्णबहादुर खत्री, मकबुल खाँ, सन्तबहादुुर विक, भगवती शाहसहित ६ जना  चुनिएका छन् ।

मजदुरको तर्फबाट रत्ना गिरीसहित १९ जना महाधिवेशन  प्रतिनिधि सर्वसम्मत चुनिएका हुन्। एकीकृत समाजवादीको दशौँ महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदै छ।
 

सुझावित समाचार