हिमालयन बैंकका दुई शाखा स्थानान्तरण

मंगलबार, ५ असार, २०८१
डिजिटल संस्करण

हिमालयन बैंक लिमिटेडले शाखा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालमध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका– ११, थापाथलीबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले गरे । यसैगरी, बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मा मेनरोड शाखा, नारायणगढका नामबाट बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको जनाएको छ । 

सुझावित समाचार