लुम्बिनीमा बर्सेनि घट्दाे बजेट, चालू वर्षकाे तुलनामा डेढ अर्ब कम

शनिबार, १ असार, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेशमा यस वर्ष पनि बजेट घटेको छ। लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ।

यद्यपि, चालू वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख बजेट ल्याइएको थियो। आगामी वर्षका लागि डेढ अर्बभन्दा कम बजेट आएको छ।

प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष ०८१/८२ का चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पुँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छन्। यस्तै, वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन्। 

आगामी वर्षमा आन्तरिक राजस्वमार्फत सात अर्ब ५१ करोड र संघबाट प्राप्त हुने राजस्वमार्फत १२ अर्ब १ करोड र संघबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजस्व दुई अर्ब ९२ करोडबाट उक्त बजेटको व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। लुम्बिनीमा प्रत्येक वर्ष बजेट घट्दै गइरहेको छ।
 

सुझावित समाचार