एसियन थाई फुडको अन्तर्राष्ट्रिय व्यापारिक मेलामा पहिलो सहभागिता

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

एसियन थाई फुड्स प्रालि नाइजेरियाको लागोसमा आयोजित ‘फुड एन्ड बेभरेज वेस्ट अफ्रिका २०२४’ अन्तर्राष्ट्रिय व्यापारिक मेलामा सहभागी हुने नेपालको पहिलो कम्पनी बनेको छ । कम्पनी स्थापनाको २५ वर्षे अवधिमा नेपालको चाउचाउ र स्न्याक्स उत्पादको बाजार विश्वभरिका देशसम्म पुर्याउँदै सो मेलामा सहभागिता जनाई यस्तो उपलब्धि हासिल गरेको हो ।

कम्पनीले टुपिएम, रमपम र प्रीतिलगायतका लोकप्रिय ब्रान्ड उत्पादन गर्दै आएको छ । नेपाली कम्पनीले यो उपलब्धि हासिल गरेको पहिलो भएको कम्पनीको दाबी छ । कम्पनीका प्रबन्धक निर्देशक महेश जाजूले विश्व बजारमा नेपाली खाद्य उत्पादनप्रति पनि विशेष रुचि र आकर्षणको सम्भावना रहेको बताए । ‘यसै अनुभूतिका आधारमा हामीले बजार विस्तार गर्दै नेपालको निर्यात बढाउने लक्ष्य राख्यौँ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय व्यापारिक मेला र प्रदर्शनीमा सहभागिता जनाउनु बजार विस्तारको रणनीति हो ।’

अहिले २६ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले अकबरे, कोरियन रैमन, किम्ची रैमन, नेपोलिटाना, मसरुम, स्रिम्प, सिफुडजस्ता नयाँ फ्लेबरमा विश्व बजारअनुरूपका कैयौँ प्रिमियम श्रेणीका चाउचाउ उत्पादन गर्दै आएको छ । 

सुझावित समाचार