पश्चिम तराईमा जेठभर ताताे हावा चल्ने

मंगलबार, २९ जेठ, २०८१
डिजिटल संस्करण

पश्चिम तराईमा दुई सातादेखिकाे ताताे हावाकाे लहर अझै लम्बिने भएकाे छ।

माैसम पूर्वानुमान महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गर्दै ३१ जेठसम्म ताताे हावा र ताताे हावाकाे लहर चल्ने बताएकाे हाे।

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। साेमबार मात्र टीकापुर र धनगढीकाे तापक्रम  ४४  डिग्री सेल्सियस मापन भएकाे थियाे। 

साेमबारबाट पूर्वी नेपालबाट मनसुन भित्रिए पनि फैलन सकेकाे छैन, जसकारण गर्मी लम्बिएको हाे।

सुझावित समाचार