आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७९/८० का लागि प्रस्तावित चुक्ता पुँजी चार अर्बको २५ प्रतिशतले हुन आउने एक अर्बबराबरको बोनस सेयर दिने भएको छ ।
कम्पनीको सातौँ साधारणसभाले कर प्रयोजनका लागि समेत १.३१५८ प्रतिशतले हुन आउने पाँच करोड २६ लाख ३१ हजार पाँच सय ७९ रुपैयाँबराबरको नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा सम्पन्न साधारणसभामा सर्वसाधारण सेयरधनी समूहबाट रविनकुमार नेपाल निर्विरोध सञ्चालन समिति सदस्यमा चयन भएका छन् । बोनस सेयर जारी गरेपश्चात् कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पुग्नेछ ।