प्रहरी अस्पताललाई रावा बैंकले दियो एम्बुलेन्स र शववाहन

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई दुईवटा एम्बुलेन्स र दुईवटा शववाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनालले उक्त एम्बुलेन्स र शववाहनको चाबी हस्तान्तरण गरे ।

प्रहरी महानिरीक्षक कुँवरले बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वास व्यक्त गरे । घटना र दुर्घटनामा तत्काल उद्धार गरी अस्पतालसम्म पु¥याउन सवारीसाधन निकै उपयोगी हुने तथा अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणसमेत लाभान्वित हुने उनले बताए । 

नेपाल प्रहरीमा स्रोत र साधनको कमी ठूलो चुनौतीका रूपमा रहेको बताउँदै आगामी दिनमा समेत यस्ता किसिमको समन्वय र सहकार्य रहने विश्वास महानिरीक्षक कुँवरले बताए । 

कार्यक्रममा बैंकका सिइओ खनालले विगतमा बैंक र नेपाल प्रहरीबीच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने बताए । कार्यक्रमले बैंक र नेपाल प्रहरीबीचको सम्बन्ध थप सुमधुर र बलियो हुने विश्वास व्यक्त गरे । 

सुझावित समाचार