गाजा युद्धमा मृत्यु हुने ३७ हजार नाघे

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

इजरायल र प्यालेस्टिनीबीच आठ महिनाभन्दा बढीको युद्धमा गाजा क्षेत्रको ३७ हजार ८४ को मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा एकै दिन करिब ३०० जनाको मृत्युसँगै गाजा युद्धमा मारिनेको संख्या ३७ हजार नाघेको हो । अक्टोबर ७ मा युद्ध सुरु भएदेखि थप ८४ हजार ४९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

इजरायली विदेश मन्त्रालयले शनिबार नुसिरातमा अपरेसनको क्रममा गाजामा हमासको बन्दीबाट चारजनाको उद्धार भएको घोषणा गरेको छ । हमास लडाकु समूहले अक्टोबर ७ मा ‘नोभा’ संगीत महोत्सवमा चारैजनालाई बन्धक बनाएको थियो ।

सुझावित समाचार