२१ वर्षीय कार्लोस अल्काराजले पहिलोपटक फ्रेन्च ओपन जितेका छन् । पेरिसमा आइतबार राति भएको फाइनलमा अल्काराजले अलेसान्डर भेरेभलाई ३–२ को सेटमा हराउँदै फ्रेन्च ओपन ट्रफी उचालेका हुन् । उनी ३–६, ६–२, ७–५, १–६ र २–६ ले विजयी भए । करिअरमा उनको यो तेस्रो ग्रान्डस्लाम उपाधि हो । यसअघि उनले युएस ओपन तथा विम्बल्डन जितेका थिए । २००४ पछि फ्रेन्च ओपनले राफेल नाडाल, रोजर फेडेरर र नोभाक जोकोभिकपछि नयाँ विजेता पाएको छ ।
उपाधि भिडन्तमा दोस्रो तथा तेस्रो सेटमा अल्काराजले सहज गेम गुमाएका थिए । दोस्रो सेटमा उनी २–१ को स्थितिमा थिए । अलेसान्डरले दोस्रो सेट ६–२ ले हात पारे । त्यसपछि तेस्रो सेटमा च्याम्पियन खेलाडीले ५–२ को बलियो अग्रता लिएका थिए । एकपछि अर्को गल्ती गरेका अल्काराजले यो सेट ५–७ ले गुमाए ।
रातो माटोमा खेलिने फ्रेन्च ओपनमा अल्काराजले पहिलो चरणदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले भेरेभलाई हराउन चार घण्टा १९ मिनेट समय लगाएका थिए । खेलमा पहिलोपटक म्याच प्वाइन्ट हात पारेपछि अल्काराज निकै हर्षित भएका थिए । ब्याकह्यान्डको मद्दतमा उनले म्याच प्वाइन्ट रक्षा गरेका थिए । चौथो वरीयताका भेरेभले क्ले कोर्टमा लगातार १२ खेल जित निकालेका थिए ।