नवनियुक्त मुख्यमन्त्री सिंहले बनाए १४ सदस्यीय मन्त्रिमण्डल

शुक्रबार, २५ जेठ, २०८१
डिजिटल संस्करण

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।संघीय सत्तासाझेदार दलहरूलाई समेट्दै सिंहले तीन राज्यमन्त्रीसहित १४ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्यमन्त्री सिंहसहित नवनियुक्त  मन्त्रीहरूलाई शपथ गराएकी हुन्। शुक्रबार बिहान मात्रै सिंह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

सिंह नेतृत्वकाे मन्त्रिमण्डलमा नेकपा एमालेबाट भौतिक पूर्वाधार तथा विकासमन्त्रीमा सराेजकुमार यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा शत्रुधनप्रसाद सिंह, शिक्षा तथा संस्कृतिमन्त्रीमा राजकुमार लेखी र खेलकुद तथा समाज कल्याणमन्त्रीमा प्रमोद जयसवाल नियुक्त भएका छन्।

यस्तै सिंहले माओवादी केन्द्रबाट अर्थमन्त्रीमा भरतप्रसाद साह र उद्याेग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई  नियुक्त गरेका छन्। 

साथै, नेकपा एकीकृत समाजवादीबाट भूमि व्यावस्था कृषि तथा सहकारीमन्त्रीमा गोविन्द न्यौपाने र खानेपानी ऊर्जा तथा सिँचाइमन्त्रीमा बेची लुङेलीले शपथ लिएका छन्। नेपाल संघीय समाजवादीबाट गृह सञ्चार तथा कानुनमन्त्रीमा विमला अन्सारी र श्रम तथा यातायातमन्त्रीमा उर्मला चाैधरी नियुक्त भएकी छिन्। 

भागवण्डा मिलाउन मुख्यमन्त्री सिंहले तीनजना राज्यमनत्रीसमेत बनाएका छन्। स्वास्थ्य तथा जनसंख्याराजयमन्त्री केशव राय, शिक्षा तथा संस्कृतिराज्यमन्त्रीमा शारदादेवी थापा र मञ्जुकुमारी मण्डलले विनाविभागीय राज्यमन्त्रीका रूपमा शपथ भएका छन्। 

सुझावित समाचार