मुक्तिनाथ विकास बैंकका ग्राहकले स्काइवाक टावरमा छुट पाउने भएका छन् । बैंकले टिकट खरिदमा छुट प्रदान गर्ने गरी वन्डर्स नेपाल प्रालिसँग व्यावसायिक सम्झौता गरेको छ ।
सम्झौतापश्चात् बैंकका ग्राहकले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकले बैंकको डेबिट कार्ड वा मोबाइल तथा इन्टरनेट बैंकिङद्वारा टिकट खरिद गरी भुक्तानी गर्नुपर्नेछ ।