महालक्ष्मीमा इभी प्रयोग

शुक्रबार, २५ जेठ, २०८१
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकले विश्व वातावरण दिवसका अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीयमैत्री विद्युतीय सवारी (इभी) प्रयोगमा ल्याएको छ।

बैंकले हरित पर्यावरणीय योजनालाई निरन्तरता दिँदै ३०औँ वार्षिकोत्सव र विश्व वातावरण दिवसका अवसरमा दुईवटा विद्युतीय गाडी प्रयोगमा ल्याइसकेको जनाएको छ ।

हरित परिवहनका माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुग्ने उद्देश्यसहित कार्यालयमा क्रमशः इभीको प्रयोग बढाउँदै जाने बैंकले जनाएको छ । यस्ता कार्यक्रमले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवद्र्घन तथा दिगो विकासमा टेवा पुर्याउने विश्वास बैंकले लिएको छ । 

सुझावित समाचार