अस्ट्रेलियाले स्थायी बासिन्दालाई पनि सेनामा भर्ती हुन अनुमति दिने

मंगलबार, २२ जेठ, २०८१
डिजिटल संस्करण

अस्ट्रेलिया सरकारले गैरनागरिकलाई पनि आफ्नो सेनामा भर्ती हुन अनुमति दिने बताएको छ। 

मंगलबार रक्षामन्त्री रिचर्ड मार्लेसले जुलाईबाट १२ महिनादेखि अस्ट्रेलियामा बसोवास गरिरहेका स्थायी बासिन्दालाई सेनामा भर्ती हुने अनुमति दिइनेछ र बेलायत, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिकाका नागरिकलाई प्राथमिकतामा राखिने बताए। 

देशको बढ्दो चुनौतीसँग सामना गर्न क्यानबेराले हालैका वर्षहरूमा पनडुब्बी, जेट र धेरै लडाकु सवारीसाधनजस्ता रक्षाको क्षेत्रमा खर्च बढाएको छ। दुई करोड ६० लाख जनसंख्या रहेको देशले उक्त सामग्री सञ्चालन र मर्मत गर्न पर्याप्त जनशक्तिका लागि संघर्ष  गरिरहेको छ। 

रक्षामन्त्री मार्लेसले राष्ट्रका सुरक्षा चुनौतीहरूको सामना गर्न अस्ट्रेलियामा रक्षा बलको विकास आवश्यक रहेको बताए। 

सुझावित समाचार