एनआइसीले पायो ‘इनोभेसन अवार्ड’

मंगलबार, २२ जेठ, २०८१
डिजिटल संस्करण

 एनआइसी एसिया बैंकले वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्डस् २०२४’ प्राप्त गरेको छ । अन्तर्राष्ट्रियस्तरको सेवाप्रदायक इन्फोसिस फिनाकलले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्डस्’अन्तर्गत सन् २०२४ का लागि ‘च्यानल इनोभेसन प्लाटिनम’ अवार्डबाट बैंक सम्मानित भएको हो ।    

नेपालको डिजिटल बैंकिङ सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आइसर्भ ल्याएर अनलाइन बैंकिङ सेवा प्रदान गरेबापत इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको हो । आइसर्भ यस बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रूपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ ।

सुझावित समाचार