सिद्धार्थ होटेल संघ नेपाल (सान)को अध्यक्षमा पुनः चन्द्रप्रकाश श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा किशोरकुमार जोशी, उपाध्यक्षमा मेघनाथ आचार्य र भोजबहादुर खत्री, महासचिवमा इन्द्रलाल न्यौपाने, सचिवमा विनोद खरेल, कोषाध्यक्षमा रामबहादुर कोइरी र सहकोषाध्यक्षमा हीरा कार्की सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।
संघको ७औँ अधिवेशनले श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।