थप छलफल हुँदा बजेट बढी प्रभावकारी हुन्थ्यो भन्ने सुझाव मात्रै हो : बर्तौला

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

नेकपा एमालेका सचेतक महेश बर्तौलाले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएकाे बजेटमा एमालेको समर्थन रहेको बताएका छन्।

आइतबार संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूले एमाले अध्यक्ष केपी ओलीको असन्तुष्टिको विषयमा सोधेको प्रश्नको जवाफमा बर्तौलाले भने, ‘सत्ताघटक दलहरूको बीचमा अलि धेरै छलफल, समन्वय भएर आउन सकेको भए यो बजेटमा देखिएका राताहरू पुर्न सकिन्थ्यो, अलि बढी प्रभावकारी हुन सक्थ्यो भन्ने ठाउँबाट माननीय सदस्यहरूलाई अध्यक्षज्यूबाट जवाफ आएको थियो।’

सैद्धान्तिक, व्यावहारिक रूपमा बजेटमा एमालेको समर्थन रहेको प्रस्ट पार्दै बर्तौलाले संसदबाट बजेट पास हुने बताए।

वर्तमान सरकार कमजोर बनाउन दूषित मनसाय भएकाहरूले काम गरिरहेको विषयमा एमाले जानकार रहेको भन्दै उनले वर्तमान सरकारलाई नै मजबुत बनाएर लैजाने बताए।

सुझावित समाचार