२२ जेठदेखि महालक्ष्मी कर्पोरेट क्रिकेट लिग

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकले ३०औँ वार्षिकोत्सवका अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४’ तेस्रो संस्करण सञ्चालन गर्ने भएको छ । लिग २२ देखि २४ जेठसम्म ललितपुरस्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एन्ड एकेडेमीमा सञ्चालन गर्ने भएको हो । 

कुल ३१ खेल र एक सय ६० जना खेलाडी रहने उक्त लिगमा सात वाणिज्य बैंक, आठ विकास बैंक तथा एक वित्त कम्पनीको सहभागिता रहने कम्पनीले जानकारी दिएको छ । 

पूर्वप्रतियोगिता भेटघाट तथा टाईसिट कार्यक्रममा महालक्ष्मी विकास बैंकका कम्पनी सचिव तथा विभागीय प्रमुखहरूले विजेतालाई ट्रफी र जर्सी सार्वजनिक गरी टिम कप्तानलाई जर्सी वितरण पनि गरिएको छ । 

प्रतियोगितामा माछापुच्छ्रे बैंक, एनएमबि, एनआइसी एसिया, प्राइम, कुमारी, ऐभरेष्ट, नबिल बैंकको सहभागिता रहनेछ । साथै, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, आइसिएफसी फाइनान्सको सहभागिता रहनेछ ।

प्रतियोगिताका विजेता, उपविजेता टिम, म्यान अफ दी सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

सुझावित समाचार