युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित टियू क्रिकेट मैदानको निरीक्षण गरेका छन्।
बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठ र राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायतको टोलीले मैदान निरीक्षण गरेकाे हाे। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले क्रिकेट पूर्वाधारको विषयमा जानकारी गराएका थिए।
सो अवसरमा मन्त्री श्रेष्ठले क्रिकेट मैदानमा अब बन्ने नयाँ संरचनाबारे जानकारी लिए। उनले आर्थिक वर्षको सुरुवातमै ४० करोड विनियोजन गरेको जानकारी गराए।
यसैगरी, सदस्यसचिव घिसिङले टियू क्रिकेट मैदानहातामा राखेपले बनाएको अधिकांश भौतिक संरचनाबारे जानकारी दिएका थिए।
सचिव खड्काले हाताभित्र बन्ने नयाँ संरचनाको प्रारम्भिक ढाँचाबारे प्रकाश पारेका थिए। उनले भिभिआइपी, पेभेलियन र शौचालय बनाउन ध्यान दिनुपर्ने जानकारी गराएका थिए।
यही अवसरमा मन्त्री श्रेष्ठले अभ्यास गरिरहेका सन्दीप लामिछानेसँग पनि भेट गरेका थिए।