सुर्खेतमा जिप दुर्घटना हुँदा चारको घटनास्थलमै मृत्यु, दुई घाइते

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्लानजिक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। बिहीबार बिहान भे.१च २५६० नम्बरको बोलेरो जिप उक्त सडकखण्डमा दुर्घटनामा परेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जिप सडकबाट तीन सय मिटर तल खसेको थियो। जिपमा ६ जना सवार रहेका थिए।

कालीकोटको शुभकालिका गाउँपालिका– ३ का तन्त कामी, वीरेन्द्र विक, नवराज विक र दैलेखको भैरवी गाउँपालिका– ४ का महेन्द्र शाहीको दुर्घटनामा मृत्यु भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुईजना घाइते भएका छन्। कालीकोटको खाँडाचक्र नगरपालिका– ७ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका गाउँपालिका– ३ का २८ वर्षीय नरि विक छन्। विष्ट बोलेरोचालक हुन्। घाइते दुईजनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
 

सुझावित समाचार