‘प्रिय स्वप्नद्रष्टा’ सार्वजनिक

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

साहित्यकार क्रान्ति पराजुलीको उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’  लोकार्पण भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री झलनाथ खनाल, समीक्षक राजकुमार बानियाँ, लेखक पराजुली, प्रकाशक पुष्पराज पौडेल तथा जलेश्वरी श्रेष्ठलगायतले लोकार्पण गरेका हुन् । 

लोकार्पणपछि पूर्वप्रधानमन्त्री खनाल, समीक्षक बानियाँ र लेखक पराजुलीबीच अन्तर्संवाद भएको थियो । सो कार्यक्रमको सञ्चालन महेश कार्की क्षितिजले गरे । 

प्रमुख अतिथि खनालले उपन्यासको भाषाशिल्प, विचार शृंखला र लेखन सामथ्र्य प्रशंसायोग्य रहेको बताए । त्यस्तै, समालोचक बानियाँले उपन्यासमा प्रेमको आदर्श मुहार उजागर भएको

उल्लेख गर्दै उपन्यासमा प्रयुक्त भाषाशैलीले जोकोहीलाई प्रभाव पार्ने र पाठकवर्गले ज्ञानको क्षितिज फराकिलो बनाउन सक्ने धारणा राखे । 

त्यसैगरी कार्यक्रममा उपन्यासमा समेटिएको प्रदीप थापामगरको स्वर र प्रेमसागर नापितको संगीतमा रहेको ‘बाडुल्की साथसाथै छन्’ बोलको गीत प्रत्यक्ष रूपमा प्रस्तुत गरियो । लेखक पराजुलीले समृद्ध देशको सपना पूरा गर्न स्वप्नद्रष्टाहरू जन्मनुपर्ने विचार व्यक्त गरिन् । 

See More On

सुझावित समाचार