सरकारले परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोगका लागि ६ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन्।
अर्थमन्त्री पुनले आर्थिक कूटनीतिमा सरकारले जोड दिने उल्लेख गर्दै सार्वभौम समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गरिने बताए।