रासायनिक मलको अनुदानका लागि २७ अर्ब ९५ करोड विनियोजन

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

चालू आर्थिक वर्ष सरकारले रासायनिक मलमा ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सुझावित समाचार