जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापालाई उत्कृष्ट कार्यसम्पादनका आधारमा गण्डकी प्रदेश सरकारले पुरस्कृत गरेको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मंगलबार नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरेका हुन्।
शान्ति सुरक्षा तथा विपत् उद्धारको क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको भन्दै प्रदेश सरकारले ‘शान्ति सुरक्षा तथा विपत् उद्धार प्रोत्साहन पुरस्कार’ प्रदान गरेको हो।
उत्कृष्ट काम गर्ने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले सो पुरस्कार प्रदान गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखराले जनाएको छ।