लक्ष्मी सनराइज बैंकले काठमाडौंको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ।
बुढानीलकण्ठ नगरपालिका– १०, कपनमा रहेका दुई शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा नं. १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएकाले साबिकको रुद्रमती चोकको शाखाका ग्राहकहरूले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ।
स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ।
साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना दुईवटा शाखा गाभी साबिक सनराइज बैंकको शाखा रहेको स्थान औरही चोक (हालको स्थानभन्दा दुई मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका– १ महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ।