उद्घाटनको पर्खाइमा १८ तले दमक भ्यु टावर

आइतबार, १३ जेठ, २०८१
डिजिटल संस्करण

दमक–३ मा बनेको १८ तले भ्यु टावर

एक अर्ब ४५ करोड रुपैयाँ खर्चेर झापाको दमक–३, दापगाछीमा निर्माण भएको एक सय मिटर (१८ तले) अग्लो भ्यु टावर सञ्चालनको पर्खाइमा छ । फागुनमा निर्माण सकिए पनि सञ्चालन कार्यविधि नबन्दा भ्यु टावर उद्घाटन हुन नसकेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय झापाका प्रमुख सुदीप पौडेलले जानकारी दिए ।

१८ तलासम्म ७२ मिटर र थप २८ मिटर मेटल फ्रेमको टावर राखिएको छ । ‘भ्यु टावरको काम सम्पन्न भइसकेको छ । हामीले निर्माण कम्पनीलाई भुक्तानी पनि दिइसकेका छौँ । तर, निर्माण कम्पनीबाट हस्तान्तरण हुन बाँकी छ,’ प्रमुख पौडेलले भने, ‘हस्तान्तरणका लागि भ्यु टावर सञ्चालनसम्बन्धी कार्यविधि कसरी आउँछ ? हेर्दै छौँ । भ्यु टावर सञ्चालनसम्बन्धी कार्यविधि सहरी विकास मन्त्रालयमा छलफलका क्रममा छ । नीतिगत कारणले हस्तान्तरण र उद्घाटन ढिला भएको छ ।’ उनले कार्यविधि नआए नगरपालिकालाई हस्तान्तरण गरिने बताए ।

सुझावित समाचार