कुमारी क्यापिटल लिमिटेड र हिमाल वाटर पार्क भिलेजबीच सम्झौता भएको छ । सम्झौतामा क्यापिटलले होटेलले जारी गर्ने आइपिओ र सूचीकरणसम्मको सेवा उपलब्ध गराउने उल्लेख छ । सम्झौतापत्रमा होटेलका सञ्चालक सुनीलकुमार खेतान तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।
नेपालको पर्यटन विकासमा टेवा पुर्याई वैदेशिक मुद्राको सञ्चितलाई बढावा दिन हिमाल पार्क वाटर होटेल भारतीय चेन होटेल क्लार्क रिसोर्टको फ्रेन्चाइजअन्तर्गत रही सञ्चालन रहेको बताइएको छ । सम्बन्धित निकायबाट चारतारेको अनुमति प्राप्त गरी यो होटेल सञ्चालनमा रहेको छ ।