कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जिल्ला प्रहरी कार्यालय धनुषामा

बुधबार, ९ जेठ, २०८१
डिजिटल संस्करण

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषा ल्याएको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार थापाथलीस्थित कार्यालयबाट उनलाई पक्राउ गरेको थियो । 

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको उजुरी परेको थियो । जिल्ला अदालतले मंगलबार उनका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । कानुन व्यवसायीसँगै रहेका सिरोहियालाई प्रहरीले कार्यालयमै पक्राउ पुर्जी दिएको थियो ।
 

सुझावित समाचार