एमएडब्लू हायर पर्चेजले मोबाइल एप ‘एमएचपिएल’ सार्वजनिक गरेको छ । कम्पनीले पारदर्शिता, सुरक्षित र सुविधाजनक किस्ता भुक्तानी प्रणालीलगायतका सुविधा भएको एप सार्वजनिक गरेको हो । राजधानीमा आयोजित एक कार्यक्रमबीच एमएडब्लूका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपिएलका महप्रबन्धक प्राणनाथ भट्टराईले एपको सुरुवात गरे ।
अब ग्राहकले एपबाटै कर्जा भुक्तानी, कर्जाको अवस्था र साँवाको भुक्तानी विववरण, इएमआई भुक्तानीका विद्युतीय विकल्पलगायत सुविधा पाउनेछन् ।
एमएचपिएलले दुईपांग्रे सवारीसाधन, इभी र फोसिल फ्युल लाग्ने दुवैखाले अटोमोबाइल, सेकेन्ड ह्यान्ड कार, व्यापारिक सवारीसाधन इभी र फोसिल फ्युल इन्धन र कृषि उपकरणलाई ऋण उपलब्ध गराउँदै आएको छ ।