बन्धक रहेको शव लिन बलानवासीले अस्पतालपरिसरमा दिए धर्ना

सोमबार, ७ जेठ, २०८१
डिजिटल संस्करण

उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बन्धक रहेकी सप्तरीको बलानबिहुल गाउँपालिका –२ की एक दलित महिलाको शव लिन गएका बलानवासीले अस्पतालपरिसरमा धर्ना सुरु गरेका छन्।

सोमबार साँझ पालिका अध्यक्ष खेमचन्द्र यादव, उपाध्यक्ष रेणु यादवसहित करिब एक सय स्थानीयवासी विराट नर्सिङ होम पुगेका छन्। पालिका अध्यक्ष र उपाध्यक्ष अस्पताल प्रशासनसँग छलफलमा बसेका छन् भने अन्यले परिसरमा धर्ना दिएका छन्। 

 उपचारको ११ लाख ७० हजार रुपैयाँ परिवारले तिर्न नसक्दा विराटनगरको विराट नर्सिङ होमले दलित महिलाको शव तीन दिनदेखि बन्धक बनाएको छ । सप्तरीको बलानबिहुल गाउँपालिका– २ की ४२ वर्षीया श्यामकुमारी रामको गत बिहीबार (३ जेठ) उपचारका क्रममा निधन भएको थियो। उनको उपचारमा २० लाख ६९ हजार बिल उठेकोमा परिवारले आठ लाख ९९ हजार तिरे पनि बाँकी रकम बुझाउन नसक्दा अस्पतालले शव उठाउन नदिएको हो।

सुझावित समाचार