नेपाल लाइफ क्यापिटलको सिइओमा घिमिरे

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण

नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनीष घिमिरे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले घिमिरेलाई चार वर्षका लागि नियुक्त गरेको हो । 

घिमिरेको इन्भेस्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पुँजी बजारमा एक दशकभन्दा लामो अनुभव छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआइसी एसिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेस्टमेन्टमा गरी १० वर्षभन्दा बढी समय कार्यसम्पादन गरेका छन् ।  

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबाट इएमबिए गरेका घिमिरेको विभिन्न इन्भेस्टमेन्ट बैंकिङ तथा पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फन्ड, इस्यु म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवा प्रोडक्ट डिजाइन र सञ्चालनजस्ता मर्चेन्ट बैंकिङ उत्पादनमा विज्ञता रहेको बताइएको छ ।

See More On

सुझावित समाचार