कृष्णपुरका सामुदायिक वनमा चोरी, तस्करी र सिकारीजन्य गतिविधि बढ्दै

बिहिबार, ३ जेठ, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रका सामुदायिक वनहरूमा चोरी, तस्करी एवं सिकारीजन्य गतिविधि बढिरहेका छन् । कृष्णपुर नगरका सामुदायिक वनबाट कतै अवैध काठ त कतै जंगली जनावरको मासु बरामद भइरहेको छ ।

वाणी सबडिभिजन वन कार्यालयले कृष्णपुरको ग्वालाबारी, जगदम्बा मयुर सामुदायिक वनबाटै अवैध काठ बरामद गरेका घटना सेलाउन नपाउँदै सिकारी समूहले कृष्णपुर नगरपालिका– ९ राजघाटको जानकी सामुदायिक वनबाट डेढ सय क्विन्टल चित्तलको मासुसहित घरेलु हातहतियार बरामद भएको छ ।

बुधबार दिउँसो वाणी सबडिभिजन वन कार्यालयले ग्वालाबारी सामुदायिक वनबाट १५–१६ सालका अवैध गोलिया बरामद गरेकै राति प्रहरीले पिपरैयास्थित जानकी सामुदायिक वनबाट चार–पाँचवटा चित्तलका टाउकोसहित डेढ सय क्विन्टल वन्यजन्तुको मासु बरामद गरेको छ । राति प्रहरी गस्ती टोलीले जंगलबाट चितल मारेर मासु गाउँमा ल्याउने क्रममा सिकारी समूहको साथबाट मासुसहित केही घरेलु हतियार र एक मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले सिकारी समूहबाट से.१प ४१११ नम्बरको एक साथ मोटरसाइकलसहितका मासु काट्न प्रयोग हुने हतियार बरामद गरिएको छ । प्रहरीले सिकारी समूहलाई पक्राउ गर्ने क्रममा सुकारी समूहले गोली चलाएको, तर कसैलाई पनि गोली नलागेको प्रहरीले जनाएको छ । सिकारजन्य गतिविधिमा हतियार नै प्रयोगले प्रहरीले समेत बरामद गरेको मोटरसाइकलको आधारमा सिकारी समूहसम्मै पुगेर कानुनी कारबाही गर्नुपर्ने माग आएको छ । 

प्रहरी गस्ती टोलीले सिकारी समूहको योजना विफल बनाएपछि केही दिन सिकारी समूह त्रसित भएको र दिगो रूपमा सिकारीजन्य गतिविधि नियन्त्रणका लागि जानकी सामुदायिक वनका अध्यक्ष चन्द्रप्रकाश भट्टले सिकारी समूहले जानकी वनबाटै वा अन्य कुनै सामुदायिक वन राष्ट्रिय वनबाट वन्यजन्तुको सिकार गरेको विषयमा सामुदायिक वनले अध्ययन गरिरहेको बताए ।
 

सुझावित समाचार